
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेट संशोधन गर्नुपर्ने अडान राखेकाे छ ।
प्रदेशसभा सदस्यहरूले बजेट संशोधनको माग गरिरहेका बेला आज (शनिबार) बसेको कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन गर्नुपर्ने निर्णय गरेकाे हाे । त्यसाे नभए बजेट पारित गर्न साथ नदिने उसले जनाएकाे छ ।
बजेट जनताकाे हितमा नभएकाले सच्याउनुपर्ने कांग्रेसकाे माग छ । संसदीय दलले बजेट संशोधन गर्नुपर्ने मागसहितको निर्णयका आधारमा प्रदेश सरकारको ध्यानाकर्षण गराउने भएको छ ।
सामाजिक विकास मन्त्री गोविन्द बोहराले आर्थिक मामिला मन्त्रालयले बजेट काटिदिएको गुनासो लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौं समेत पुग्नुभएको थियो ।
बजेट जनताको हितमा नभएकाले परिमार्जन गर्नुपर्ने काँग्रेसको ठहर छ । काँग्रेसले बजेट संशोधन गर्नुपर्ने मागसहितको निर्णयका आधारमा प्रदेश सरकारको ध्यानाकर्षण गराउने भएको छ । सामाजिक विकास मन्त्री गोविन्द बोहराले आर्थिक मामिला मन्त्रालयले बजेट काटिदिएको गुनासो लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौं समेत पुग्नु भएको थियो ।
प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकशबहादुर रावलले गत १ असारमा प्रदेशसभा बैठकमा प्रस्तुत गरेको ३६ अर्ब ७६ करोडको बजेटमाथि सत्तारुढ दलकै सांसदहरूको असन्तुष्टिका कारण अहिलेसम्म छलफल हुन सकेको छैन ।
माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई बजेटको विरोध नगर्न र पक्षमा उभिन निर्देशन दिएको छ । बजेटबारे एकीकृत समाजवादी पार्टीले कुनै निर्णय गरेको छैन । यद्यपि यो पार्टीका अधिकांश प्रदेशसभा सदस्य यथास्थितिमा बजेट पारित गर्न नसक्ने पक्षमा रहेका छन् ।
नेकपा एमालेले त विचौलियाको प्रयोग गरेर ल्याइएको बजेट खारेज गर्नुपर्ने माग गरेको छ । असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि २५ असारसम्म प्रदेशसभामा बजेट छलफल हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्