
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोतर्फ गइरहेको भन्ने भनाइमा कुनै वस्तुनिष्ठ आधार नभएको बताउनुभएको छ ।
सुनसरीको इनरुवामा आयोजित कार्यक्रममा सञ्चारमन्त्री कार्कीले मुलुकको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेकाले सबैले एकतावद्ध ढंगले प्रयास गरे अर्थतन्त्रलाई छिट्टै सवल बनाउन सकिने दाबी गर्नुभयो ।
मन्त्री कार्कीले सबै नेपाली नागरिकले नागरिकता पाउन भनेर सरकारले नागरिकता सम्बन्धी नयाँ विधेयक ल्याएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्