
एजेन्सी । अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा भारी वर्षा र अचानक आएको बाढीले एकै परिवारका आठ जनाको ज्यान लिएको स्थानीय टेलिभिजन च्यानलले शनिबार जनाएको छ ।
एक गाउँले कारी मिर्जालाई उद्धृत गर्दै टोलोन्युजले जनाएअनुसार नुरिस्तान प्रान्तको वामा जिल्लाका केही गाउँहरू भर्खरै आएको बाढीले बगाउँदा एकै परिवारका आठ सदस्यको मृत्यु भएको हो ।
परवान, पक्तिया, वर्दक र दक्षिणी कान्दाहार प्रान्तमा विगत केही दिनदेखि परेको भारी वर्षा र बाढीका कारण थुप्रै व्यक्तिको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्