
एजेन्सी । श्रीलंकामा बढिरहेको सरकारविरोधी प्रदर्शनका प्रदर्शनकारीहरू राष्ट्रपति भवनभित्र प्रवेश गरेका छन् ।
श्रीलंकको स्थानीय समाचार एजेन्सी न्यूजवायरले सार्वजनिक गरेको भिडियोमा हजारौं प्रदर्शनकारी कोलम्बोस्थित राष्ट्रपति भवनमा प्रवेश गरेका छन् ।
कसरी भयो प्रदर्शन ?
कोलम्बोमा शुक्रबार प्रस्ताव गरिएको विरोध प्रदर्शनअघि नै ठूलो संख्यामा सशस्त्र सैनिक र प्रहरी परिचालन गरिएको थियो ।
अधिकारीहरूले शुक्रबार रातिदेखि नै कर्फ्यू जारी गरेर त्यसलाई रोक्ने कोसिस गरेका थिए । तर, विपक्षी दल तथा आम नागरिकको कडा आपत्तिपछि कर्फ्यू हटाइएको थियो ।
कर्फ्यू जारी भए प्रहरी प्रमुखमाथि नै मुद्दा चलाउने बार एशोसियशनले चेतावनी दिएको थियो ।
Video footage of Sri Lankan protesters taking over President’s office in Colombo
— NewsWire 🇱🇰 (@NewsWireLK) July 9, 2022
📸 Buddi U Chandrasiri pic.twitter.com/FINwaaqUat
घरमै बस्न गरिएको आदेशविपरीत प्रदर्शनकारी शनिबार राष्ट्रपतिको आधिकारिक आवासअघि जम्मा हुन थाले । केही प्रदर्शनकारीले रेलवे कर्मचारीलाई कोलम्बो जानको लागि रेल चलाउन बाध्य पारेका थिए । प्रदर्शनको घोषणापछि रेलवे सेवासमेत बन्द गरिएको थियो ।

प्रहरीले भीड तितरवितर पार्नका लागि अश्रुग्यास र हवाइ फायर गरे पनि भीडको अगाडि उनीहरूको केही लागेन । अन्ततः स्थिति प्रहरी अधिकारी र सशस्त्र सैनिक बलबाट फुत्कियो र प्रदर्शनकारीहरू राष्ट्रपति भवन प्रवेश गरे ।

प्रदर्शनकारीको भीड भवनतर्फ बढ्नुअघि नै राष्ट्रपति गोटाबाया राजापाक्षेले भवन छाडिसक्नुभएको थियो ।
सामाजिक सञ्जालमा देखिएका फुटेजहरूमा प्रदर्शनकारी राष्ट्रपति भवन पुगेपछि त्यहाँक आलिशान कोठाहरूमा आराम गरिरहेका थिए भने केहीले स्वीमिङ पुलमा नुहाएका थिए ।

प्रतिक्रिया दिनुहोस्