
काठमाडौं । यस वर्षको विम्बल्डन टेनिसको उपाधि काजखस्तानकी एलिना रिबाकिनाले जितेकी छिन् ।
लण्डनको सेन्टर कोर्टमा शनिबार राति भएको फाइनल खेलमा ट्युनिसियाकी ओन्स ओन्स जाबेरलाई २–१ को सेटमा हराउँदै रिबाकिनाले उपाधि जितेकी हुन् ।
जाबेर विरुद्धको खेल रिबाकिनाले ३–६, ६–२ र ६–२ को सेटमा जितिन् । जितसँगै रिबाकिना ग्राण्डस्लाम टेनिसको एकलतर्फको उपाधि जित्ने काजखस्तानकी पहिलो खेलाडी बनेकी छिन् ।
यसैगरी, पुरुषतर्फको उपाधिका लागि आइतबार राति सर्वियाका नोभाक जोकोभिच र अष्ट्रेलियाका निक किर्गियोस भिड्नेछन् ।
सेमिफाइनलमा ब्रिटेनका क्यारुन नुरीलाई हराउँदै जोकोभिच फाइनलमा पुगेका हुन् । किर्गियोस भने प्रतिस्पर्धी राफायल नाडालले पेटको समस्याको कारण खेल छाडेपछि सेमिफाइनल नखेली फाइनलमा पुगेका हुन् ।
यो खेल जितेको खण्डमा जोकोभिचले सर्वाधिक २२ ग्राण्डस्लाम जित्ने नाडालसँगको उपाधि दुरी घटाउनेछन् । जोकोभिचले अहिलेसम्म २० पटक ग्राण्डस्लाम टेनिस जितेका छन् ।
प्रतिक्रिया दिनुहोस्