
काठमाडौं । विदेशमा रहेका नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समितिको नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति (विश्व सञ्जाल) विस्तार गरिएको छ ।
विश्वभर रहेका नेपाली कांग्रेस जनसम्पर्क समितिका शाखाहरूबीचमा समन्वय र सहकार्य गर्ने गरी छाता संस्थाका रूपमा विश्व सञ्जाल विस्तार गरिएको हो ।
अमेरिकास्थित विष्णु सुवेदीको अध्यक्षतामा गठित विश्व सञ्जाललाई संसारभर पुर्याउने उद्देश्यले कार्यसमिति विस्तार गरिएको अमेरिकाबाट समितिका सदस्य राम मिश्रले इमेजखबरलाई जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यको आतिथ्यतामा ३ जुलाई २०२२ मा बसेको विश्व सञ्जालको बैठकले विश्वभर छरिएर रहेका प्रजातन्त्रवादीलाई अझ बढी संगठित र संगठनलाई सशक्त एवं बलियो बनाउने उद्देश्यले सल्लाहकार, पदाधिकारी र मनोनयन गरी विश्व सञ्जाल केन्द्रीय समितिलाई विस्तार गरिएको महामन्त्री चिन्तामणि समपकोटाले जानकारी दिनुभयो ।
समितिको सल्लाहकारमा अमेरिकाबाट श्यामकाजी गुरुङ, नविन शेरचन, नारायण थापा, स्पेनबाट ईन्द्र शर्मा, कानूनी सल्लाहकारमा अमेरिकाबाट पिताम्बर भुषाल तथा प्रवक्तामा मुक्तिनाथ पन्त रहनुभएको छ ।
सदस्यहरूमा अमेरिकाबाट राम मिश्र, पशुपति पाण्डे, शशी अधिकारी, अनन्तराज सुवेदी, प्रतीक पाण्डे, दिवाकर बागचन्द रहनुभएको छ । यसैगरी, क्यानडाबाट चन्दा अधिकारी, अष्ट्रेलियाबाट भीम लुईंटेल, अशोक सुवेदी, नील थपलिया, नर्वेबाट श्याम परियार, भारतबाट कृष्णप्रसाद आचार्य र शिव बलायर रहनुभएको छ ।
अन्य सदस्यमा, हङकङबाट मिन गुरुङ, साइप्रसबाट सरस्वती खनाल, जापानबाट सुरेश गिरि, मलेशियाबाट हरिप्रसाद कोइराला, दुबईबाट रामकुमार परियार, मकाउबाट शान्तिदेवी अधिकारी रहनु भएको महामन्त्री सापकोटाले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्