
काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षको छुट्टै बैठक आज (आइतबार) पनि बस्ने भएकाे छ ।
काठमाडौंको बालुवाटारस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने भएकाे हाे । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बाेलाएकै समयमा कोइराला पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूले पनि छुट्टै बैठक राख्न लागेका हुन् ।
सोमबार हुने केन्द्रीय समिति बैठकमा के–कस्ता एजेण्डा उठाउने भन्ने विषयमा छलफल गर्न उनीहरूले बैठक राख्न लागेको बुझिएको छ । कांग्रेसकाे महाधिवेशन सम्पन्न भएको ६ महिना वितिसक्दा पनि सभापति देउवाले विधान अनुसार गर्नुपर्ने काम नगरेको भन्दै शेखर कोइराला पक्षले आपत्ति जनाउदै आएकाे छ ।
साथै उनीहरुले सरकार सञ्चालन पनि प्रभावकारी रुपमा नभएको भन्दै कोइराला पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्