१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वर्षा सुरु भएसँगै पाँचथरमा विपद न्यूनिकरणको पूर्व तयारी


130
Shares

पाँचथर । पाँचथर जिल्ला वर्षा सुरु भएसँगै विपद न्यूनिकरणको पूर्व तयारीमा जुटेको छ ।

स्थानीय तहबाट बजेट विनियोजन गरेर जनशक्ति तयारगरि विपद जोखिम सचेतना र उद्धार टोली बनाउन थालिएको हाे ।पाँचथर जिल्लाको ८ स्थानीय तहको ६० वटा वडाका बासीन्दाले विपद जोखिम न्यूनिकरण तालिम पाउदै आएका छन् ।

विपदले जिउधनको क्षति पुगेको भन्दै पाँचथर जिल्लाका सबैै स्थानीय तहले विपद न्यूनिकरण सचेतना तालिम गर्न थालेका छन् । केही महिनाअघि बेमौसमी वर्षाले पाँचथरमा बढी क्षति पुगेको भन्दै वर्षा सुरु हुन थालेपछि बाढी, पहिरो, भूक्षय र नदी कटान जस्ता विपद व्यवस्थापन गर्न तालिम दिन थालेको जनप्रतिनिधिहरू बताउँछन् ।

पाँचथर जिल्लाको ८ स्थानीय तहको ६० वटा वडाका बासीन्दाले विपद जोखिम न्यूनिकरण तालिम पाउदै आएका छन् । गाँउपालिका तथा वडा कार्यालयबाटै बजेट विनियोजन गरेर विपद न्यूनिकरण गर्दै आएका छन् । तालिमले विपद न्यूनिकरणमा धेरै सहयोग पुग्ने गरेको तालिम सहभागिको भनाइ छ ।

पछिल्लो समय जिल्लाका स्थानीय तह आफैंले २० लाखदेखि १ करोडसम्मको बजेटबाट विपद कार्यक्रम संचालन गर्दै आएको छ । विपद तालिम, विपद सामाग्री र रोकथाम लगायतका गतिविधि गरेर विपद जोखिम कम गर्ने अभियान थालेको हो । जिल्ला विपद समितिले पनि जोखिमयुक्त क्षेत्रहरूमा मौसम अनुसारको विपदका बारे सचेत गराउँदै सुरक्षा जनशक्तिलाई पूर्व तयारीमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो ।

विपदकाे पूर्व तयारीका लागि गरिएको यो कार्यले विपदकाे समयमा हुने घटनाको न्यूनिकरणका लागि सहयोग पुग्ने देखिएको छ ।