१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जनता समाजवादी पार्टी फुट नजिक, दुबै पक्षको अलग –अलग बैठक


702
Shares

काठमाडौं । सत्तामा रहेको जनता समाजवादी पार्टी (जसपा) फुट नजिक पुगेको छ ।

उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक बोलाएपछि जसपा औपचारिक रुमिा फुट नजिक पुगेको हो ।पार्टी अध्यक्ष यादवले असार २९ र ३० गतेका लागि वीरगन्जमा केन्द्रीय कार्यसमिति बैठक बोलाउनु भएको छ भने पार्टीको संंघीय परिषद् अध्यक्ष भट्टराईले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाउनु भएको छ । अध्यक्ष यादव र भट्टराईबीचको विबाद उत्कर्षमा पुगेपछि दुबै पक्षलाई मिलाउन पार्टीका केही नेताहरु लागेका थिए । तर सफल नभएपछि जसपा फुटको डिलमा पुगेको हो ।

यादव र भट्टराई दुबै एउटै पार्टीमा रहन सक्ने अवस्था नरहेको भन्दै सहमतिमै अलग–अलग बाटो लाग्न सहमत भएका थिए । तर त्यसलाई रोक्न केही नेताहरु लागेका थिए । तर दुबै पक्ष सहमतिमा आउन नसकेपछि पार्टी अब औपचारिक रुपमा फुटको संघारमा पुगेको जसपाका एक नेताले इमेज अबरलाई जानकारी दिए । यादव पक्षका नेताहरुले भट्टराइले काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाएको भनेर भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएका छन् । भट्टराई पक्षका एक नेताले अध्यक्ष यादवको व्यवहारका कारण पार्टी विभाजनतर्फ गएको आरोप लगाएका छन् ।