१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिल्म ‘शक्तिमान’ मा अभिनेतापछि निर्देशकको नाम सार्वजनिक


3.042k
Shares

एजेन्सी । भारतीय फिल्म ‘शक्तिमान’ मा अभिनेतापछि अब निर्देशकको नाम बाहिरिएको छ ।

फिल्म ‘शक्तिमान’ मा अभिनेता रणवीर सिंह मुख्य भूमिकामा रहेका छन् । रणवीर बाहेक फिल्ममा अन्य कलाकारहरूको बारेमा कुनै जानकारी आएकोे छैन । फिल्ममा रणवीरपछि अब फिल्मको निर्देशकको नाम बाहिरिएको छ । फिल्मलाई भारतका चर्चित निर्देशक ओम राउतले निर्देशन गर्ने भएका छन् ।

शक्तिमान कुनै समय भारतीय टेलिभिजनको चर्चित कार्यक्रम थियो । अब यहि कार्यक्रममा फिल्म बन्न लागेको हो । फिल्मलाई निर्माण र निर्देशन राउतले गर्न लागेका हुन् । जसमा रणवीर अभिनेताको रुपमा रहेका छन् ।

फिल्मका बारेमा अन्य आधिकारिक जानकारी भने नभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।