२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रूसी सेनाले युक्रेनको आवासीय भवनमा आक्रमण गर्दा १५ जनाको मृत्यु


468
Shares

काठमाडौं । रूसी सेनाले युक्रेनको आवासीय भवन लक्षित आक्रमण जारी राख्दा पछिल्लो पटक कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

युक्रेनको पूर्वी क्षेत्रमा रहेका अपार्टमेन्टहरूमा फसेका नागरिकलाई बाहिर निकाल्न युक्रेनी सेनाहरूले सघाइरहेका हुन् । ती अपार्टमेन्टहरूमा २० भन्दा बढी नागरिकहरू फसेको अनुमान गरिएको छ ।

युक्रेनको डोनेट्स्क शहरका गभर्नर पाभ्लो किरिलेन्कोले भत्किएको भवनको भग्नावशेषबाट सर्वसाधारणलाई निकाल्न निकै कठिन भएको बताउनुभयो । भग्नावशेषमा परिणत भएका युक्रेनका अधिकांश भवनका भग्नावेशषहरू पन्छाउने काम पनि भइरहेको छ ।

रुसी सेनाले पछिल्लो समय युक्रेनको चासिभयार शहर लक्षित गरी आक्रमण जारी राखेको छ ।