
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ ।
आज (सोमबार) अध्यक्ष दाहालकाे निवास खुमलटारमा भएको भेटमा सरकारले संसदमा पेश गरेको नागरिकता विधेयकका विषयमा छलफल भएको बताइएको छ । छलफल सकारात्मक भएको बुझिएको छ ।
उक्त विधेयकमा सहमति जुटाउन गृहमन्त्री खाँणले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहनुभएको छ । आइतबार साँझ उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भेटवार्ता गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्