१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आईजीपी नियुक्ति प्रकरण रिटकाे सुनुवाई स्थगित


1.105k
Shares

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतमा दायर रिटमाथिको पेसी शुक्रबारका लागि सारिएको छ ।

आज (सोमबार) का लागि पेसी तोकिएको थियो । सरकार पक्षका कानुन व्यावसायी र प्रत्यासी उपस्थित नभएपछि पेसी सारिएको हो । सोमबारको पेसी सार्नका लागि सरकार पक्षले निवेदन दिएको थियो ।

यसअघि, आइतबारका लागि तोकिएको पेसी सरकारी बिदा परेकाले सोमबार सुनुवाई हुने तय थियो । सोमबार पोखरेलका कानून व्यवसायीलाई प्रश्नको प्रत्युत्तर दिने तय थियो । अब यसबारेको फैसला शुक्रबार हुने भएकाे छ ।

सरकारले यही वैशाख १८ गते धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि सिनियर एआईजी विश्वराज पोखरेलले आफूमाथि अन्याय भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । वैशाख २२ देखि रिटमाथि सुनुवाई हुँदै आएको छ ।