९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


एकैदिन १६८ जनामा कोरोना संक्रमण


208
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार २० जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ८ सय ३४ जनाको पीसीआर र १ हजार १ सय ८६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार ३७ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ७ सय ७० जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।