
काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले लोकसेवा आयोगको प्रश्नमा आफ्नोबारे सोधिएकोमा खुसी व्यक्त गरेकी छन् ।
लोकसेवा आयोगले अधिकृतको प्रश्नपत्रमा कान्सको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली अभिनेत्रीको नाम सोधेकोमा उनले खुसी व्यक्त गरेकी हुन् ।
जसको उत्तरमा अभिनेत्रीहरू प्रियंका कार्की, सुरक्षा पन्त, गौरी मल्ल र करिश्मा मानन्धरको नाम उल्लेख गरिएको थियो ।
सुरक्षा पन्तले लोकसेवा परीक्षामा आफूबारे प्रश्न बनेको भन्दै प्रश्नपत्रसहित फेसबुकमा खुसी व्यक्त गरेकी छन् । उनले लेखेकी छन्– ‘लोकसेवाको परीक्षामा एउटा उत्तर हुँदाको क्षण ।’
गत जेठ महिनामा फ्रान्समा भएको विश्वकै प्रतिष्ठित ‘कान्स फिल्म फेस्टिभल’मा अभिनेत्री पन्तले उपस्थिति जनाएकी थिइन् ।
अन्तर्राष्ट्रिय फिल्म ‘द एट माउन्टेन्स’मा अभिनय गरेकी उनी कान्सको रेड कार्पेटमा हिँड्ने मौकासमेत पाएकी थिइन् ।
यसअघि अभिनेत्री प्रियंका कार्की कान्समा सहभागी भए पनि रेड कार्पेटमा हिँड्ने मौका पाएकी थिइनन् । सुरक्षा कान्सको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली अभिनेत्री हुन् ।
प्रतिक्रिया दिनुहोस्