१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संवैधाधिनक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने पक्षमा शेखर कोइराला


247
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताउनुभएको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकका लागि केन्द्रीय कार्यालय सानेपा पुग्नुभएका नेता कोइरालाले सरकारले राष्ट्रिय सभामा दर्ता गराएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताउनुभएको हो ।

कोइराला तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याउँदा पनि गलत प्रक्रिया भयो भनेर विरोध गरेको भन्दै सो विधेयक लैजानु नहुने बताउनुभयो । त्यस्तै उहाँले नागरिकतासम्बन्धी विधेयकमा राजनीति गर्नु नहुने बताउनुभयो ।

सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिएर जन्मसिद्धका सन्तानलाई नागरिकता दिनुपर्ने उहाँले बताउनुभयो ।

‘नागरिकतासम्बधी विधेयकमा हामीले राजनीति गर्नुहुँदैन, यसमा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिएर नागरिकता दिनैपर्छ,’ उहाँले भन्नुभयो, ‘नागरिकतामा पनि हामी राजनीति गर्छौं, आमा र बुबा दुवै यो देशको जन्मसिद्ध नागरिक छन् ।’

डा. कोइरालाले नागरिकतासम्बन्धी विधेयकको छिटोभन्दा छिटो निक्र्योल गर्न जरुरी रहेको बताउनुभयो ।