२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बागलुङमा डेंगुका दुई बिरामी भेटिए


13
Shares

बागलुङ । गर्मी बढेसँगै बागलुङका दुई जनामा डेंगु भेटिएको छ ।

धौलागिरी अस्पतालमा उपचार गर्न आएका एक महिला र एक पुरुषमा डेंगु पुष्टि भएको सो अस्पतालले जनाएको छ ।

संक्रमित बागलुङ नगरपालिका वडा नम्बर ७ र ९ का हुन् । उनीहरुमध्ये एक जना शनिबार र अर्का आइतबार अस्पताल भर्ना भएका हुन् ।

उनीहरुको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।