
web pic
काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ मा आज मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
लु ४० प ५९८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीकै मर्चवारी गाउँपालिका १ का १९ वर्षीय रामचन्द्र केवटको मृत्यु भएको हो ।
मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा गम्भिर घाइते भएका उनको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्