
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठकमा मर्यादाक्रम निर्धारणसम्बन्धी मस्यौदा छलफलका लागि पेश भएको छ ।
पार्टी कार्यालय सानेपामा बसेको बैठकमा सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारणसम्बन्धी मस्यौदा छलफलका लागि पेश गर्नुभएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
यस्तै बैठकमा बुधबार नेता रामचन्द्र पौडेलसहित केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, उमा रेग्मी, जीपछिरिङ लामा, पदमनारायण चौधरी, आनन्दप्रसाद ढुंगाना, शंकर भण्डारी, मीनबहादुर विश्वकर्मा, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, मोहनबहादुर बस्नेतले आ–आफ्नो धारणा राखेका थिए ।
यस्तै, केन्द्रीय सदस्यहरू रमेश लेखक, अमृत अर्याल, कर्णबहादुर बुढा, डा. गोपाल दहित,, योगेन्द्र चौधरी, गेहेन्द्र गिरी, चन्द्रबहादुर के.सी., मानबहादुर नेपाली, उमेशजंग रायमाझी, उदयशम्शेर राणा, जीतजंग बस्नेत, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार के.सी.ले पनि आफ्नो धारणा राखेका थिए ।
बुधबार नै दिलमान पाख्रिन, महेन्द्रकुमारी लिम्बू, रामहरि खतिवडा, सरस्वती वजिमय, प्रकाश रसाईली स्नेही, रंगमती शाही, कुन्दनराज काफ्ले, प्रा.डा. गोविन्दराज पोखरेल, नानु बास्तोला र सुशीला थिङले पनि धारणा राखेका थिए ।
मंगलबारबाट सुरु भएको बैठक बिहीबार दिउँसो १ बजे पुनः पार्टी केन्द्रीय कार्यालय सानेपामै बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्