
काठमाडौं । आज बुधबार भानु जयन्ती । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती हो ।
हरेक वर्ष असार २९ गते आदिकवि आचार्यको जन्मजयन्ती मनाउने गरिन्छ । वि.सं. १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले नेपाली भाषा साहित्यमा अतुलनीय योगदान पुर्याएका छन् ।
तुलसीदासको रामायणलाई नेपाली लोक लयमा उल्था गरेर उनले नेपाली साहित्यलाई जन जनमा पुर्याएका थिए ।
यसै अवसरमा सरकारी तथा गैरसरकारी तहमा आदिकविको सम्झना तथा योगदानको कदर गर्दै देश विदेशमा विभिन्न कार्यक्रमहरु गर्ने गरिन्छ ।
काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पणको कार्यक्रम रहेको छ भने अहिले बिहान प्रभातफेरि पनि निकालिंदै छ ।
भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, आसाम, तथा जहाँ जहाँ नेपालीहरु पुगेका छन् ती देशहरुमा मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्