२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जसपा बाबुराम र उपेन्द्र पक्षको छुट्टाछुट्टै केन्द्रीय बिस्तारित बैठक बस्दै


39
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवको पक्षको छुट्टाछुट्टै केन्द्रीय बिस्तारित बैठक आज बुधबार बस्दैछ ।

भट्टराई पक्षको बैठक काठमाडौंमा बस्दैछ भने कार्यकारिणी अध्यक्ष यादव पक्षको बैठक वीरगञ्जमा बस्दैछ ।

मंगलबारबाट जारी भट्टराई पक्षको बैठक बुधबार पनि जारी रहनेछ । यता, बुधबारबाट वीरगञ्जमा सुरू हुने बैठकका लागि अध्यक्ष यादवसहितका नेताहरू मंगलबार नै वीरगञ्ज पुगिसकेका छन् ।

पछिल्लो समय द्वय अध्यक्षबीच पार्टीमा खटपट सुरू भएको छ । मंगलबारको बैठकमा अध्यक्ष भट्टराईले अर्का अध्यक्ष यादवले पदको लोभ गरेको अन्य कम्युनिष्ट र कांग्रेस पार्टी सरह नै वैकल्पिक रुपमा उदाएको पार्टी जसपा पनि शिकार भएको बताउनुभएको थियो ।