१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिल्म ‘हिँड्दा–हिँड्दै’ को छायांकन सकियो


208
Shares

काठमाडौं । मिलन आले मगरद्वारा निर्देशित फिल्म ‘हिँड्दा–हिँड्दै’ को छायांकन सकिएको छ ।

फिल्म ‘हिँड्दा–हिँड्दै’ को छायांकन करिब २ वर्षअघि सुरु भएको थियो । कोरोनाका कारण बीचमा नै छायांकन रोकिएपछि केही दिनअघि मात्रै फिल्मको बाँकी छायांकन गरेर छायांकन सकिएको निर्देशक मगरले घोषणा गरेका हुन् ।

फिल्ममा आकाश श्रेष्ठ, सलोन बस्नेत, सानिया खान, विमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापा मगर, ममता पौडेल, बाल कलाकार अर्विन थिङ्गका साथमा नवप्रस्तुति रेखा शाह मुख्य भूमिकामा छन् । प्रेमकथामा आधारित फिल्मको निर्माण सुशिल पंगेनी गरेका हुन् भने फिल्मको कथापनि स्वयम् पंगेनीले नै लेखेका हुन् ।

फिल्मलाई लीलामान तण्डुकारले छायांकन गरेका छन् । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्ट र बिमल श्रेष्ठको प्रस्तुती रहेको फिल्मको निर्मातामा राजकुमार थिङ्ग र केबी सुब्बा छन् । प्रमोद कुमार तामाङ र महादेव साह फिल्मका सहनिर्माता रहेका छन् ।