७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


अनलाइन बर्गीकरणका लागि सरकारको साथ खोजिरहेका छौं : अध्यक्ष बस्नेत


39
Shares

काभ्रे । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइनको बर्गीकरण गर्न सरकारको साथ खोजिरहेको बताउनुभएको छ ।

पत्रपत्रिकाको अनुगमनको क्रममा काभ्रे आइपुग्नुभएका बस्नेतले धुलिखेलमा पत्रकारसँग अन्तरक्रिया गर्दै सरकारले बर्गीकरण भएका अनलाइनलाई के गर्न सक्छ त्यो स्पष्ट पारेमा २० दिनमा अनलाइनको वर्गिकरण गरिसक्ने बताउनुभएको हो ।

सञ्चार माध्यमलाई व्यवस्थित, मर्यादित र मजबुत बनाउन आफूहरू लागिरहेको उहाँको भनाइ छ । अध्यक्ष बस्नेतले कुनै दलको पक्षपोषण गर्ने र जनताको विषय बोल्न नसक्ने कुरा स्वीकार्य नभएको पनि बताउनुभयो ।

प्रेस काउन्सिलले पत्रपत्रिकाको बर्गीकरण निश्चित मापदण्डको आधारमा गरेको भन्दै पक्षपात हुनै नसक्ने बस्नेतको दाबी छ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य ठाकुर बेलवासेले स्थानीय तहबाट प्राप्त हुने विज्ञापन स्थानीय स्तरकै सञ्चार माध्यमलाई प्राथमिकतामा पार्नका लागि आवश्यक पहल जरुरी रहेको बताउनुभयो ।