१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गभर्नरमाथि छानविन गर्न माओवादीको माग


143
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानविन गर्न माग गरेको छ ।

नेकपा एमालेको अन्तर पार्टी निर्देशनमा अर्थ विभागमा सदस्य रहेका खोटाङका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै रहेको भन्दै माओवादी केन्द्रले छानविनको माग गरेको हो ।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रकी सांसद रेखा शर्माले गभर्नरमाथि छानविन गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल श्रीलंकाको बाटोमा जाँदैछ भनेर सार्वजनिक रूपमा आतंक फैलाउने काम गरेको भन्दै अधिकारीमाथि प्रश्न उठाउनुभयो ।

नेकपा (एमाले)का सांसद खगराज अधिकारीले विदेशी मुद्रा सञ्चिति घट्दै गएको अवस्थामा बजेटमार्फत नभएर बजेट रकमान्तर गरेर हतियार खरिद गर्नुपर्ने आवश्यकता किन भयो भन्नेबारे प्रधानमन्त्री र गृहमन्त्रीले जानकारी दिनुपर्ने माग गर्नुभयो ।

त्यस्तै, संसदमा समय माग गर्दै एमालेकी सांसद शिवमाया तुम्बाहाम्फेले संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता लिन माग गर्नुभयो । सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संसदमा बहस गर्न नपाइने भन्दै विधेयक फिर्ता हुनुपर्ने उहाँको भनाइ थियो ।