
काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशस्तरमा विशिष्ट योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मान तथा पदक वितरण गर्ने भएको छ ।
प्रदेश सरकारले असार ३० गते एक समारोहको आयोजना गरि पदक वितरण गर्न तयारी गरेको हो । सरकारले विभिन्न २२ वटा विधामा पदक वितरण गर्न लागेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
विभिन्न विधामा योगदान पुर्याएको व्यक्तिहरूको अध्ययन गरेर नामावली तयार गरिएको छ ।
प्रदेश सरकारले आन्तरिक मामिला मन्त्रालयको सिफारिसमा गणतन्त्र दिवसका दिन पदक तथा सम्मान प्राप्त गर्नेको नामावली घोषणा गरेको थियो ।
प्रदेश सरकारले गत जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर सो पदकहरू वितरण गर्ने योजना बनाएको भए पनि समयमा तयारी पूरा नभएकाले रोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्