
काठमाडौं । नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ प्रतिनिधि सभामा पेश भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ प्रतिनिधि सभा समक्ष पेश गर्नुभएको हो ।
गृहमन्त्री खाँणले संविधानको धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित नगरिने सुनिश्चतता प्रदान गरिएको उल्लेख गर्नुभयो ।
उहाँले संविधानले निर्देश गरे बमोजिम नागरिकता सम्बन्धी विषयमा व्यवस्था गर्नको लागि नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गरेको बताउनुभयो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले दिएको विरोधको सूचना अस्वीकृत भएपछि गृहमन्त्री खाँणले नागरिकता सम्बन्धी संशोधित विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्