
कमठमाडौं । सरकारले एक वर्षमा गरेका कामको विवरण सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सम्हालेको एक वर्ष पूरा भएको दिन उहाँको सचिवालयले ४२ उपलब्धि सार्वजनिक गरेको हो ।
सरकारको उपलब्धिमा एमालेले गरेको ९ महिनादेखिको संसद अवरोध अन्त्य, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण लगायतका विषय पनि समेटिएको छ ।
सरकारले ६८ वर्षमा वृद्धभत्ता दिने र किसानलाई पेन्सन दिने व्यवस्थाको सुरूवातलाई पनि उपलब्धिमा राखेको छ ।
केपी ओली सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरेको, कोरोनाले प्रभावित अर्थतन्त्र चलायमान बनाएको, अति विपन्न गरिव घर परिवारलाई प्रतिघर परिवार दश हजार रुपैयाँका दरले राहत दिएको सरकारको दाबी छ ।
यसैगरी युवा विद्यार्थी लक्षित पढ्दै कमाउँदै कार्यक्रम र महिला पहिला कार्यक्रम घोषणा, किसानलाई पेन्सनसहित प्रोत्साहन र राहतका योजनालाई सरकारले आफ्नो उपलब्धि ठानेको छ ।
जटिल प्रकारका नागरिकलाई मासिक पाँच हजार रुपैंया राहत भत्ता, कर्मचारीको तलब बृद्धि ,चिनियाँ परराष्ट्रमन्त्री र विदेश विभाग प्रमुखको नेपाल भ्रमण, भारतमा विजुली विक्री, नागरिकताविहीनताको अन्त्य गर्न नागरिकता विधेयक संसदमा पेश गरेको लगायतका विषय उपलब्धिको रूपमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्