
काठमाडौं । कर्णाली प्रदेशका स्थानीय तहहरूले करारका कर्मचारीलाई हटाउन थालेका छन् ।
करार कर्मचारीले पालिकाको आर्थिक व्ययभार बढाएको र यसले विकास बजेटमा समेत प्रभाव पारेको भन्दैै कर्णालीका स्थानीय तहले करारमा राखिएका कर्मचारी हटाउन थालेका हुन् ।
नयाँ जनप्रतिनिधि आएसँगै पालिकाले करारमा लिएका कर्मचारी हटाउन थालिएको हो । आन्तरिक आयस्रोतबाट तलब भत्ता खानेगरी राखिएका करार कर्मचारीहरु हटाउन सुरुवात गरिएको छ ।
कतिपय स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०७९/०८० देखि करार सम्झौता नगरिने सूचना जारी गरेका छन् । करार अवधि नथप्ने सूचना आएसँगै करार कर्मचारीले विरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्