
काठमाडौं । एनसेलले काठमाडौंको महाराजगञ्जमा सम्पूर्ण रूपमा महिला कर्मचारीहरूद्वारा सञ्चालित एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।
महिला कर्मचारीहरूद्वारा व्यवस्थापन तथा सञ्चालन गरिएको सेन्टरको सुरुवातले समानतालाई झल्काउने कम्पनीको दाबी छ । कम्पनीले यसलाई महिला सशक्तिकरण, लैंगिक समानता र समुदाय विकासको लागि गरेको योगदानको एक प्रमाणको रूपमा अर्थ्याएको छ ।
सम्पूर्ण रूपमा महिला कर्मचारीहरूबाट सञ्चालित एनसेल सेन्टर सञ्चालनमा ल्याइएपछि मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले विविधता, समानता र समावेशितालाई कम्पनीले बढावा दिने बताउनुभयो ।
महिला कर्मचारीहरूद्वारा सञ्चालित यस एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरूका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्छन् ।
यसैगरी ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बरहरूको आवश्यक फेरबदल, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरू प्राप्त गर्न सक्छन् ।
यो एनसेल सेन्टर सञ्चालनमा ल्याइएको अवसरमा यस सेन्टरमा आउने ग्राहककालागि एक हप्ताको विषेश अफर पनि रहेको छ जस अन्तर्गत यस सेन्टरबाट आफ्नो ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस प्राप्त गर्नेछन् ।
यस सेन्टरबाट गरिने प्रत्येक रु ५० को रिचार्ज बराबर ग्राहकले रु २० को रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्दछन् । यसको अर्थ रु १०० रिचार्ज गर्ने ग्राहकले रु २० को दुई वटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्दछन् ।
सेन्टरले आइतबारदेखि शनिबार हप्ताको सातै दिन बिहान ९ः३० बजे देखि साँझ ६ बजेसम्म खुला रहनेछ ।
प्रतिक्रिया दिनुहोस्