१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गण्डकी प्रदेशको बजेट बहुमतले पारित


13
Shares

पोखरा । गण्डकी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ ।

बिहीबार बसेको संसद बैठकबाट बजेट पास भएको हो । अर्थमन्त्री रामजी बरालले आगामी आर्थिक वर्षका लागि असार १ गते ३५ अर्ब ९० करोड ९० लाखको बजेट प्रदेशसभामा पेश गर्नुभएको थियो ।

सत्ता गठबन्धनभित्र विवाद भएपछि गण्डकीमा २० दिनसम्म संसद बैठक बस्न सकेको थिएन ।

मुख्यमन्त्रीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम छुट्याउन भने पनि अर्थमन्त्रीले आफूखुसी काटिदिएपछि सत्तारुढ दलमा विवाद बढेको थियो । जसकारण बजेटमाथिको छलफलसमेत रोकिएको थियो ।

काटिएको बजेट अन्य शीर्षकबाट मिलाउने विषयमा सहमति भएपछि आज बजेट पारित गरिएको हो ।