११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


प्रदेश नम्बर ५ मा जनप्रतिनिधिले निर्माण कम्पनीलाई असहयोग गरेको आरोप


0
Shares

-केशव भण्डारी/ईमेज

बुटवल । प्रदेश नम्बर ५ मा राष्ट्रिय गौरवका आयोजना निर्माणमा स्थानीय जनप्रतिनिधिले असहयोग गरेको आरोप लागेको छ ।

त्यतिमात्र होइन असहयोग बढ्दै गएपछि आयोजना प्रमुखले नै मुख्यमन्त्रीसँग काममा समन्वय गरिदिन आग्रह गरेका छन् ।

सरकारले २१ ओटा आयोजनलाई राष्ट्रिय गौरवका आयोजनाको रुपमा निर्माण कार्य गरिरहेको छ ।

कुनै आयोजनाको काम तीव्र रुपमा अगाडि बढेको छ भने कुनैमा अपेक्षित काम हुन सकेको छैन ।

सोही आयोजनामध्ये प्रदेश नम्बर ५ मा  पनि लुम्बिनी गुरुयोजना, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सिक्टा सिँचाइ, बबई सिँचाइ आयोजना, हुलाकी राजमार्ग, भेरी बबई डाईभर्सन, मध्यपहाडी लोकमार्गजस्ता आयोजना निर्माणाधीन छन् ।

आर्थिक समृद्धिका लागि महत्वपूर्ण मानिएका आयोजना समयमै पुरा गर्नुपर्ने आवश्यकता खड्किएकोले छ ।

मुख्यमन्त्रीले पनि आयोजनालाई समयमै पुरा गर्न निर्देशन दिएका छन् ।

तर आयोजनाका प्रमुखले भने  स्थानीय जनप्रतिनिधिबाट काममा अनावश्यक झन्झट दिने काम भइरहेको गुनासो गरेका छन् ।

त्यति मात्र होइन कुनै आयोजना पर्याप्त अध्ययन र तयारीबिना नै सुरु गरिएकोले बेलाबखत समस्या परिरहेको छ ।

कतै बजेटको अभावमा निर्माण कार्य प्रभावित भइरहेकोले समयमा काम पुरा गर्न समस्या भइरहेको छ ।

प्रदेश सरकारले समन्वयकारी भूमिका निर्बाह गरिदिनुपर्ने उनीहरुको आग्रह छ । 

उता मुख्यमन्त्री शंकर पोख्रेल भने आफूहरु सहयोग गर्न तयार रहेको तर काम समयमै हुनुपर्ने बताउँछन् ।

आर्थिक समृद्धिको सम्बाहकका रुपमा रहेका राष्ट्रिय गौरवका आयोजनाबाट सबैले प्रतिफल पाउने भएकोले आफ्नो ठाउँबाट सबैले सहयोग गर्नुपर्छ ।

निर्माणको जिम्मा पाएकाहरु पनि विभिन्न बहाना बनाएर काममा आलटाल गर्नुभन्दा समयमै काम पुरा गर्नेतर्फ केन्द्रित हुनुपर्छ ।