
काठमाडौं । वेस्ट इन्डिजसँगको टी–२० क्रिकेट श्रृंखलाका लागि भारतले रोहित शर्माको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ ।
भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीलाई टिम बाहिर राख्दै भारतीय टिमको घोषणा गरिएको हो ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बिहीबार सार्वजनिक गरेको खेलाडीको सूचीमा विराट कोहलीको नाम अटाएको छैन ।
विराट कोहलीलाई आरामका लागि समय दिइएको दाबी गरे पनि पछिल्लो समय निकै खराब लयबाट गुज्रिएकाले उनलाई टिममा नराखेको अनुमान गरिएको छ ।
यस्तै जसप्रित बुमराह पनि १८ जनाको सूचीमा परेका छैनन् । रविचन्द्रन अश्विन भने टिममा फर्किएका छन् ।
भारतले यही जुलाई २९ तारिखदेखि वेस्ट इन्डिजसँग पाँच खेलको टी–२० श्रृंखला खेल्दैछ । टोलीमा रहेका केएल राहुल र कुलदीप यादवको स्वास्थ्य अवस्थाका कारण खेल्ने/नखेल्ने टुङ्गो छैन ।
प्रतिक्रिया दिनुहोस्