१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशका केही स्थानमा मध्यम वर्षाकाे सम्भावना


832
Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

आज (शुक्रबार) बिहान देशभर आंशिकदेखि सामान्यता बदली रहेको छ । शुक्रबार दिउँसो भने देशभर आंशिकदेखि सामान्यता बदली रहनेछ। त्यस्तै, देशका पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यता बदली हुनेछ । साथै बाँकी भू-भागमा भने आंशिकदेखि मौसम सामान्यता सफा रहनेछ । त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।