१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वाेच्चद्वारा आईजीपी नियुक्तिविरुद्ध परेकाे रिट खारेज


429
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई गरिएको नियुक्तिविरुद्ध (अतिरिक्त महानिरीक्षक)एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरेको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले विश्वराज पोखरेलको रिट खारेज गर्दै आईजीपी नियुक्ति कानूनसम्मत भएको फैसला गरेको हो ।

पोखरेलले आफूभन्दा डेढ वर्ष कनिष्ठलाई आईजीपी नियुक्त गरेको भन्दै मुद्दा दायर गर्नुभएको थियो । पोखरेल अझैसम्म पनि कामम फर्कनुभएको छैन । अब एक महिना मात्र कार्यकाल बाँकी रहेका उहाँले राजीनामा दिने चर्चा छ ।