२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


विद्यालय तथा घर पहिरोको उच्च जोखिममा


65
Shares

बैतडी । बैतडीमा विद्यालय भवन र दुई घर पहिरोको उच्च जोखिममा परेको छ ।

श्रीभावर हाट सडकखण्डमा पहिरो खस्दा पुचौँडी नगरपालीका-६ भूमिराजको घर र भटेडी भन्ने स्थानमा पहिरो खस्दा मानवीर धानुकको घर पहिरोको जोखिममा परेको हो । पहिरोले घरको आँगनसमेत बगाइसकेको छ । पानी पर्ने क्रम जारी रहेकाले पहिरोले थप क्षति निम्त्याउन सक्ने भन्दै जिल्ला विपद व्यवस्थापन समितिकातर्फबाट जोखिमयुक्त क्षेत्रको निरीक्षण गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, पुर्चौंडी नगरपालीकाका प्रमुख दिपकबहादुर बमलगाएतका सरोकारवाला निकायका प्रतिनिधिहरूले सो ठाउँमा पुगेर प्रभावित परिवारलाई सहयोग गर्ने वाचा दिएका छन् ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।