१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हलिउड अभिनेत्री जेनिफरले गरिन चाैथाे पटक विवाह


2.795k
Shares

एजेन्सी । हलिउड अभिनेत्री जेनिफर लोपेजले चाैथाे पटक विवाह गरेकी छन् ।

उनले लस भेगासमा पूर्व प्रेमी बेन एफलेकसँग विवाह गरेकी हुन् । अभिनेत्रीले आफ्नो सामाजिक सञ्जाल मार्फत आफूहरूले विवाह गरेको जानकारी दिएकी छन् । १७ वर्षअघि इन्गेजमेन्ट गरेर छुटेको यो जोडीले फेरी भर्खरै विवाह गरेका हुन् ।

सन् २००२ मा फिल्म ‘गिग्ली’ को सेटमा यो जोडीको भेट भएको थियो । भेटपछि उनीहरू प्रेम सम्बन्धमा परेका थिए। त्यसपछि सन् २००३ मा इन्गेजमेन्ट गरे लगत्तै सञ्चार माध्यमले आफूहरूलाई बढी ध्यान दिएको कारण देखाउँदै उनीहरू अलग्गिने निर्णय समेत गरेका थिए । तर साेही अवधिमा लोपेज धेरै पटक इन्गेज्ड भइन् ।

उनले यसअघि पनि गायक मार्क एन्थोनीसँग विवाह गरेकी थिइन् । लोपेजको एफलेकसँग विवाह गरेकाे यो चौथो पटक हो । उनीहरुले गत शनिबार लसभेगास पुगेर विवाहको अनुमति पत्र समेत लिएका थिए ।