१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेसकाे केन्द्रीय समिति बैठक आज बस्दै


26
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

एक सातासम्म केन्द्रीय समितिमा भएका छलफलका निर्णय सुनाउनका लागि सोमबार केन्द्रीय समिति बैठक बोलाइएको हो । कांग्रेसले स्थानीय तह निर्वाचनको समीक्षा र विविध प्रस्तावमाथि केन्द्रीय समितिमा छलफल गरेको थियो । १ सय ४९ केन्द्रीय सदस्यमध्ये अधिकांशले केन्द्रीय समितिमा धारणा राखेका थिए ।

सभापति शेरबहादुर देउवादेखि पदाधिकारीहरू र केन्द्रीय समिति सदस्यले बोल्ने क्रम सकिएको छ । सोमबार बस्ने केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले निर्णयहरू सुनाउने जनाइएकाे छ ।

बैठकले सभापति देउवा नेतृत्वमा रहेको सरकारले एक वर्षमा गरेका कामकारबाहीकाे विषयमा पनि समीक्षा गरेको थियो । एक पदाधिकारीका अनुसार विभाग गठनलाई अब छिट्टै अघि बढ्ने भएकाे छ ।

केही भातृ तथा शुभेच्छुक संगठन थप गर्ने तयारी समेत रहेकाे छ । नेविसंघ लगायत केही भातृ संस्थालाई पूर्णता दिने तयारी पनि रहेकाे छ ।