२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एमाले गठबन्धन बनाउने पक्षमा छैन : ईश्वर पोखरेल

'वाम मोर्चा, वाम गठबन्धन प्रिय लाग्ने शब्द मात्र हुन्'

195
Shares

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले तत्काल राष्ट्रियस्तरको गठबन्धन बनाउने पक्षमा नभएको बताउनुभएको छ ।

मंगलबार विराटनगरमा प्रेस चौतारी प्रदेश १ कमिटीद्वारा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष पोखरेलले आउँदो निर्वाचनलाई केन्द्रित गर्दै राष्ट्रियस्तरमा दलीय गठबन्धन गर्ने पक्षमा नेकपा (एमाले) नरहेको प्रस्टाउनुभएको हो ।

तत्कालको अवस्थामा वाम तालमेलको अवस्था नरहेको बताउँदै पोखरेलले वाम मोर्चा, वाम गठबन्धन प्रिय लाग्ने शब्द मात्र भएको उल्लेख गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणले एमालेलाई एक्लाउने कुरामा सत्यता नहुने उहाँले बताउनुभयो ।

पछिल्लो समय संघीयता खारेजीको कुरामा उपाध्यक्ष पोखरेलले राजनीतिक सहमतिमा संविधान बनाइएको बताउनुभयो ।

प्रदेश खारेजीका कुरा आइरहेको सन्दर्भमा उहाँले प्रदेश खारेजीको कुरा बकवास भएको बताउनुभयो ।