
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईबीच वैकल्पिक गठबन्धन निर्माण गर्ने विषयमा छलफल सुरु गर्नुभएको छ ।
माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दाहाल र भट्टराईबीच छलफल भएको हो ।
छलफलमा मंगलबार नै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र वामदेव गौतम पनि सहभागी हुने माओवादीका नेताहरूले बताएका छन् ।
यसअघि दाहाल र भट्टराईबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा पनि छलफल भएको थियो ।
माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गैरकांग्रेस, गैरएमालेको सामाजवादी केन्द्र बनाउने विषयको प्रस्ताव दाहालले गरेका थिए ।
एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले हालै केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि नयाँ वामपन्थी गठबन्धन बन्नु पर्नेमा जोड दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्