९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


थप ३५७ जनामा कोरोना संक्रमण


247
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ५७ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ८ सय ५७ जनाको पीसीआर र १ हजार ५ सय जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार ६२ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ हजार ९ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।