
काठमाडौं । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले हुम्लाको नाँम्खा गाउँपालिका लिमीका लागि ९ महिनापछि बल्ला खाद्यन्न पठाएकाे हाे ।
लिमी जाने न्यालुु सडक मर्मतपछि सुुचारू भएपछि खाद्यन्न पठाइएको हो । कम्पनीले खाद्यन्न पठाएको नाँम्खा गाउँपालिकाले जनाएको छ । गत कात्तिकमा भएको हिमपातपछि लिमीमा खाद्यन्न समस्या हुँदा हेलिकोप्टरबाट ४० क्विन्टल चामल र हिल्सामा रहेको चिनियाँ सहयोगको खाद्यन्न ढुवानी गरिएको थियो ।
त्यसयता लिमीका तीन गाउँका लागि खाद्यन्न जान सकेको थिएन् । टिप्परमा पठाएको खाद्यन्न दुुई दिनमा लिमी पुुग्ने र त्यसपछि लिमीका तीनै गाउँबासीलाई वितरण गरिने बताइएको छ ।
लिमीका लागि ५७ क्विन्टल खाद्यन्न पठाइएको व्यापार कम्पनी हुम्लाले जनाएको छ । यता सोही गाउँपालिकाको केन्द्र याल्वाङ बिक्री केन्द्रका लागि पनि दुुई हजार क्विन्टल खाद्यन्न कोटा थियो ।
उक्त खाद्यन्न पनि ढुवानी हुन सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस्