
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरूले कुल ३ खर्ब ४० अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गर्दा ४ खर्ब ५४ अर्ब ९ करोड रूपैयाँ कर्जा विस्तार गरेको छ ।
निक्षेप वृद्धि हुन नसकेपछि बैंकहरू कर्जा विस्तारमा आक्रामक बनेपछि हाल बैंकहरूमा तरलताको अभाव रहेको नेपाल बैंकर्स संघले छ ।
२०७८ असारमा वाणिज्य बैंकहरूको कुल निक्षेप ४२ खर्ब १ अर्ब ३९ करोड रहेकोमा २०७९ असारमा ४५ खर्ब ४१ अर्ब ४४ करोड रूपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षमा निक्षेप संकलनमा सबैभन्दा अगाडि नबिल बैंक देखिएको छ । नबिलको निक्षेप गत आवमा १ खर्ब १ अर्ब ५६ करोड रुपैयाँले बढेको छ ।
दोस्रो स्थानमा नेपाल बैंक लिमिटेड रहेको छ । जसको निक्षेप ३३ अर्ब ५६ करोडले बढेको छ ।
वाणिज्य बैंकहरूले २०७८ असारसम्ममा ३७ खर्ब २० अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा २०७९ असारमा ४१ खर्ब ७४ अर्ब ८४ करोड रूपैयाँ पुगेको छ ।
अर्को बैंक प्राप्त गरेका कारण कर्जा प्रवाह वृद्धि गर्नेमा पनि नबिल बैंकनै अग्रस्थानमा छ । भने नेपाल बैंकले ३५ अर्ब ८७ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ ।
यस्तै ग्लोबल आइएमई बैंकले २९ अर्ब ७१ करोड कर्जा विस्तार गरेर तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्