१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सौगात र सृष्टि अभिनित फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक


520
Shares

काठमाडौं । सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक भएको छ ।

बुधबार सार्वजनिक फिल्मको ३ मिनेट १९ सेकेन्ड लामो ट्रेलरमा श्रीमान् श्रीमतीको कथा देखाइएको छ । ट्रेलरमा कमेडी, लभ, ड्रामा, इमोसन सबै मिश्रित छ । फिल्ममा सौगात र सृष्टि श्रीमान् श्रीमतीको भूमिकामा छन् ।

भदाै ३ गतेबाट प्रदर्शनमा आउन लागेकाे फिल्ममा सराेगेसीलाई फिल्मकाे मुख्य कथा बनाइएकाे छ ।

भदौ ३ गते देखि बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माइकल अधिकारी’ मा सरोगेसी लाई फिल्मको मुख्य कथा बनाइएको छ । संघर्ष गरिरहेको एक दाम्पतीमा आर्थिक समस्याले उत्पन्न झगडा, पैसाका लागि कोख भाडामा लगाउने र आमा बनेपछि बच्चा अररूलाई सुम्पिन तयार नभएपछिको परिस्थितिलाई फिल्म माफर्त देखाउन खोजीएको छ ।

रन्जित रौनियार निर्देशित यस फिल्ममा सौगात र सृष्टिको अलवा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई लगायतको अभिनय रहेकाे छ ।

निर्देशक रन्जितकै कथा रहेको फिल्ममा उद्दव पौडेलको प्रस्तुतिमा निरक पौडेल निर्माता रहेका छन् ।

फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन भने राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद छ ।