
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा घोषणा गरेको केहीबेरमै पुबुदु दासानायके क्यानडाको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
दासानायके प्रशिक्षक नियुक्त गरेको जानकारी क्रिकेट क्यानडाले सामाजिक सञ्जालबाट दिएको छ । उनी दोस्रो पटक क्यानडको प्रशिक्षक नियुक्त भएका हुन् । श्रीलंकाको राष्ट्रिय टिमबाट खेलेका पुबुदु अहिले क्यानडाका नागरिक हुन् ।
🚨 Breaking News 🚨
— Cricket Canada (@canadiancricket) July 20, 2022
Pubudu Dassanayake appointed as Our New Head Coach!
Stay tuned for more details 🇨🇦 #cricketcanada pic.twitter.com/Ofg0PL0zsq
यसअघि क्यानले दासानायकेले स्कटल्याण्ड भ्रमण जानुअघि नै राजीनामा दिएको जानकारी गराएको थियो । बुधबार नै उनले राजीनामाबारे जानकारी दिन काठमाडौंमा आकस्मिक पत्रकार सम्मेलनसमेत गरेका थिए ।
अघिल्लो वर्षको मंसिर २५ गते मात्र दोस्रो कार्यकालका लागि नेपालको प्रमुख प्रशिक्षक नियुक्त भएका दासानायकेले एक वर्ष नपुग्दै पद त्यागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्