
काठमाडौं । बजेट निर्माणका क्रममा अनाधिकृत ब्यक्तिलाई प्रवेश दिएको विषयमा छानविन गरिरहेको संसदीय समितिले आज बिहिबार तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको छ ।
बिहिबार बिहान सिंहदरबारस्थित छानबिन समिति समक्ष उपस्थित हुनुभएका शर्माले अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिको घुसपैठ नभएको दावी गर्नुभएकाे छ । पूर्वअर्थमन्त्री शर्माले अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा बाहिरको मान्छे पस्ने कुनै सम्भावना नरहेको समेत जिकीर गर्नुभयाे।
शर्माले मन्त्रालयमा सुरक्षाकर्मीहरु रहने भएकाले भित्र को आयो र को गयो भनेर थाहा भईहाल्छ भनेर विषय वस्तुलाई सामान्य रुपमा पन्छाउन समेत खोजेको बुझिएको छ ।
सीसीटिभी फुटेज कहिलेसम्म राखिन्छ र त्यसमा कसले के गर्छ भन्ने जानकारी मन्त्रीलाई नहुने भन्दै उहाँले सीसीटिभी फुटेज हराएको विषयमा पनि आफूलाई केही थाहा नभएको जिकीर पनि गर्नुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्