
काठमाडौं । रुस र युक्रेनबीच आज शुक्रबार युक्रेनी बन्दरगाहमा रोकिएको लाखौं टन खाद्यान्न निर्यातको बाटो खुला गर्ने सम्बन्धि सम्झौता हुँदैछ ।
संयुक्त राष्ट्रसंघले तयार पारेको सम्झौतमा शुक्रबार टर्कीको राजधानी इस्तानबुलमा हस्ताक्षर हुन लागेको हो । युद्धरत् दुई पक्षबीच हुने सम्झौतामा सहभागी हुन राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस पनि इस्तानबुल पुग्नुभएको छ ।
सम्झौताले कृष्णसागरस्थित बन्दरगाहमा रोकिएको लाखौं टन खाद्यान्न विश्व बजारमा पठाउन बाटो खुला गर्नेछ । साथै युक्रेनभित्र मौज्दात अन्य खाद्यान्नको निर्यातको बाटो पनि खुल्ने विश्वास गरिएको छ ।
गत फेब्रुअरी अन्तिममा रुसले युक्रेनमाथि हमला गरेपछि जारी युद्धका कारण युक्रेनबाट खाद्यान्न निर्यात समेत रोकिएको छ । जसका कारण विश्वबजारमा खाद्यान्न अभाव भएको छ भने महंगी पनि अकासिएको छ ।
प्रतिक्रिया दिनुहोस्