१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मोरङमा भारतीय कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु


130
Shares

काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिका–२ गंगाचोकमा आज बिहान भारतीय नम्बरको कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र पछाडी सवार सोही स्थानका २१ वर्षीय भिम बहादुर राई रहेका छन् ।

को ३० प ९१०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई एचआर ३८ एक्स २२१० नम्बरको खाली कन्टेनरले ठक्कर दिएको थियो ।

कन्टेनरको ठक्करबाट गम्भीर घाइते भएका दुवैको गंगाचोक स्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

कन्टेनर चालकलाई इलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ ।