१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आइएमईद्वारा ललितपुर महानगरलाई राफ्ट इेलेक्ट्रिक स्कुटर हस्तान्तरण


611
Shares

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई इेलेक्ट्रिक प्रा.लि.द्वारा ललितपुर महानगरपालिकालाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कुटरहरु हस्तान्तरण गरेको छ ।

ती स्कुटरहरु महानगरपालिकाको एक कार्यक्रममा आइएमईले ललितपुर नगर प्रहरीलाई हस्तान्तरण गरेको हो ।

आइएमई इेलेक्ट्रिक प्रा.लि. राफ्ट इेलेक्ट्रिक स्कुटरहरु नेपालको लागि आधिकारिक बिक्रेता हो ।

महानगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो । सो स्कुटर एक पटक फुल चार्जमा १०० किमि रेन्जसम्म गुड्ने कम्पनीले जनाएको छ ।

अधिकतम माइलेज, बलियो बनावट साथै राम्रो पर्फमेन्स दिनसक्ने भएकाले सो स्कूटर खरिद गरिएको महानगरपालिकाले बताएको छ ।

कार्यक्रममा चिरिबाबु महर्जनकाअनुसार नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगरप्रहरीलाई यस स्कुटर अझ सुबिधा हुने बताउनुभयो ।

नगर प्रमुख सिताराम हाछेथुले भने क्विक रेस्पोन्स टिमले सो स्कुटरहरुलाई प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने बताउँदै महानगरलाई धन्यवाद व्यक्त गर्नुभयो ।