
एजेन्सी । बलिउड अभिनेत्री श्रद्धा कपूरका दाई र शक्ति कपूरका छोरा सिद्धान्त कपूरलाई लागूऔषध सेवन गरेको आरोपमा बैंगलोर प्रहरीले अनुसन्धानका लागि उपस्थित हुन आदेश दिएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार गत मंगलबार प्रहरीले आदेश दिएको हो । ७ दिन भित्र सिद्धान्तलाई बैंगलोर प्रहरीका अनुसन्धान अधिकारी समक्ष उपस्थित हुनुपर्नेछ । प्रहरीले सीसीटीभी फुटेजको प्रमाणीकरण र मोबाइलबाट लिइएको डाटाबारे उनीसँग सोधपुछ गर्नेछ ।
सिद्धान्तले लागूऔषध सेवन गरेको विषयमा अनुसन्धान भइरहेको छ । गत महिना एक पार्टीमा अन्य चारजनासँगै उनको रगत परीक्षण गराउदा पोजेटिभ आएको थियो । पार्टीमा जम्मा ३५ जना सहभागी थिए । सबैको रगत परीक्षण गर्दा सिद्धान्तसहित पाँच जनाको परीक्षणमा उनीहरुले लागूऔषध सेवन गरेको खुलेको थियो । त्यपपछि सिद्धान्त पक्राउ परेका थिए । तर, केहीदिन पछि उनी धरौटीमा छुटेका थिए ।
उक्त समय सिद्धान्तले प्रहरीलाई एक व्यक्तिले मदिरा दिएको र अर्कोले चुरोट दिएको बताएको थिए । लागूपदार्थ उनीहरूको शरीरमा कसरी पुग्यो भन्ने कुराबाट आफुहरू अन्जान रहेको उनीहरूले बताएका थिए ।
प्रहरीले सिद्धान्तको मोबाइल पनि बरामद गरेको थियो । त्यसमध्ये केही डाटा पुनःप्राप्त गरेपछि यस विषयमा पुनः प्रहरीले सोधपुछ गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्