२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सलमान खान पुगे प्रहरी समक्ष हतियार इजाजतको आवेदन लिएर


1.287k
Shares

एजेन्सी । बलिउड अभिनेता सलमान खान ज्यान मार्ने धम्कीकाबीच हालै मुम्बईका प्रहरी आयुक्त विवेक फान्सालकरको कार्यालयमा छलफलका लागि भेट्न पुगेका थिए ।

भारतीय सञ्चार माध्यामका अनुसार अभिनेता सलमान शुक्रबार अपरान्ह ४ बजे प्रहरी कार्यालय पुगेका थिए । उनले हतियार इजाजत (लाइसेन्स) का लागि मुम्बईका प्रहरी आयुक्तलाई निवेदन दिएका छन् ।

यसैबीच एक अधिकारीले यो शिष्टाचार भेट भएको र यसको कुनै मुद्दासँग कुनै सम्बन्ध नभएको बताएका छन् । सलमानले प्रहरी सह-आयुक्त विश्वास नाङ्ग्रे पाटिललाई पनि भेटेका छन् । गत महिना ५ जुनमा सलमान खान र उनका बुबा सलिम खानलाई ग्याङ्स्टर लरेन्स बिश्नोईबाट ज्यान मार्ने धम्की दिएको पत्र प्राप्त भएको थियो ।

यो पत्र बान्द्राको ब्यान्डस्ट्यान्ड प्रोमेनेडमा सलमानका गार्डले पाएका थिए । चिठ्ठीमा उनको अवस्था पनि पञ्जाबी गायक सिद्धु मूसेवालाको जस्तै हुने लेखिएको थियो । पत्र पाएलगत्तै सलमानको सुरक्षा बढाइएको थियो ।